दफा २३
अधिकार प्रचलनको लागि निवेदन दिन सकिने
(१) यस परिच्छेदद्वारा प्रदत्त अधिकारकोप्रचलनको लागि पीडितले सम्बन्धित उच्च अदालतमा निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम पर्न आएको निवेदनबाट पीडितका अधिकारकोअतिक्रमण वा हनन भएको देखिएमा त्यस्ता अधिकारको प्रचलनको लागि उच्च अदालतलेउपयुक्त आदेश जारी गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम आदेश जारी गर्दा उच्च अदालतले पीडितकाअधिकारको जानी जानी अतिक्रमण गर्ने, हनन गर्ने वा कटौती गर्ने अधिकारीलाई निजकोसेवा शर्त सम्बन्धी प्रचलित नेपाल कानून बमोजिम विभागीय कारवाही गर्न सम्बन्धितनिकाय वा अधिकारी समक्ष लेखी पठाउन सक्नेछ ।

(४) उपदफा (३) बमोजिम लेखी आएमा सम्बन्धित अधिकारीले त्यस्तोअधिकारीलाई “प्रचलित कानून बमोजिम विभागीय कारवाही गर्नु पर्नेछ ।